२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

गुलरिया – बेमौसमी वर्षाका कारण आएको बाढी र डुवानबाट क्षती ब्यहोरेका बर्दियाका किसानहरुलाई उचित क्षतीपूर्तिको मागगर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाईएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी गुलरियाले किसानलाई न्यायोचित राहतको मागसहित जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।

किसानहरुको बालीनालीमा भएको नोक्सानीको क्षतीपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको नेकपा एमाले गुलरिया नगरकमिटिका अध्यक्ष अमरबहादुर खड्काले बताए। कार्तिकको पहिलो साता बर्दियामा अविरल वर्षासँगै आएको बाढी र डुवानले कृषिमा क्षती पुगेपनि किसानहरुले समयमा क्षतीपूर्ति पाएका छैनन्। केही पालिकामा राहत प्रकृया सुरु भएपनि क्षतीपूर्तिकोलगत संकलन कार्यमा ढिलाई हुँदा अन्य पालिकाका किसानहरुले राहत पाउन सकेका छैनन्।

सरकारले साना किसानलाई ६५ प्रतिशत, मझौला किसानलाई ३० प्रतिशत र ठूला किसानहरुलाई २० प्रतिशत राहण घोषणा गरेको थियो। ज्ञापनपत्र मार्फत साना किसानलाई शत प्रतिशत, मझौला किसानलाई ८० प्रतिशत र ठूला किसानलाई ५० प्रतिशत राहतको माग गरिएको खड्काले बताए। साना किसानहरुको सबै कर्जा छुट गर्नुपर्ने, कृषि कर्जा उपलब्ध गराउनु पर्ने, मल, खाद, विउ निःशुल्क उपलब्ध गराउनु पर्ने, अनिवार्य विमाको ब्यवस्था हुनुपर्ने माग हाम्रो छ।

अध्यक्षले भने उत्पादनमा आधारित अनुदान प्रणालीलाई कार्यान्वयनमा ल्याउने ब्यवस्था मिलाउँदै कृषि उपजहरुको सहज बजारीकरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्छौ। एमाले नगर कमिटिले नेता कार्यकर्ताहरु क्षतीपूर्तिको मागसहित जिल्ला प्रशासन कार्यालयको गेट अगाडी नाराबाजी गरेका हुन्। आफ्ना मागहरु अविलम्व पूरा गर्न उनीहरुले सरकारलाई दवाव दिएका छन्। जिल्ला प्रशासन कार्यालयले प्राप्त ज्ञापन पत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]