२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाडौं – नेपालबाट राजदूत सिफारिस भएको तीन महिनापछि भारतले शंकर शर्माको नाममा सहमति पठाएको छ।

भारतीय विदेश मन्त्रालयले मंगलबार शर्मालाई राजदूत स्वीकार गर्दै कुटनीतिक सहमति (एग्रिमो) पठाएको हो। परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार एग्रिमोका लागि पत्राचार गरेको ९६औं दिनमा फागुन १ गते भारतले सहमति जनाएको हो। मन्त्रालयले मंसिर २४ गते एग्रिमोका लागि भारतीय विदेश मन्त्रालयमा पत्र पठाएको थियो।

शर्मा बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीसँगै कात्तिक ११ मा मन्त्रिपरिषद्‌बाट भारतका लागि नेपाली राजदूतमा सिफारिस भएका थिए। संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर मंसिर २२ गते तीनै जनालाई अनुमोदन गरेको थियो। अनुमोदनपछि परराष्ट्रले सम्बन्धित देशमा एग्रिमोका लागि पत्राचार गरेको थियो।

सबैभन्दा पहिला बेलायतले एग्रिमो पठाएको थियो। त्यसपछि अमेरिकाले एमसीसी अनुमोदन भएकै दिन एग्रिमो पठाएको थियो।

नजिकको छिमेकीले भने सबैभन्दा पछि मंगलबार पठाएको हो। एग्रिमो आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर सपथ ग्रहण गराउने छिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]