२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाडौं – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिग फुटबलका ‘बादशाह’ मानिन्छन् । उनले पाँचपटक यसको उपाधि जितेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता र धेरै खेल खेल्ने खेलाडी पनि हुन् । यतिमात्र होइन उनले च्याम्पियनन्स लिगमा धेरै रेकर्डसमेत राखेका छन् ।

यद्यपि, पछिल्लो चार वर्ष यता भने रोनाल्डो च्याम्पियन्स लिगमा सफल हुन सकिरहेका छैनन् ।

सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोडेयता उनले दुई क्लब फेरिसके ।

च्याम्पियन्स लिग जित्नकै लागि उनी इटालियन क्लब युभेन्ट्स गए । त्यहाँ उनको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन । दुईपटक त उनको टोली अन्तिम १६ मै सीमित भयो ।

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किँदा पनि रोनाल्डोको लक्ष्य च्याम्पियन्स लिग नै जित्नु थियो । तर, उनको टोली गएराति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।

यससँगै युनाइटेड र रोनाल्डो यो सिजन सबैखाले प्रतियोगिताको उपाधि जित्नबाट बाहिरिएका छन् । रोनाल्डो १२ वर्षपछि पहिलोपटक उपाधिविहीन बनेका हुन् ।

रोनाल्डोले २००८ मा युनाइटेड र ०१४, ०१६, ०१७ र ०१८ मा गरी पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

रियलमा रहँदा उनले लगातार तीनपटक यो उपाधि जितेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]