२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।

मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ ।
पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ ।

हालैसम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने’boutमा छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ । सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् ।

‘पूर्वसहमतिका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मन्त्रीहरूको आलोचना भएपछि मन्त्रीलाई फिर्ता बोलाउने’boutमा छलफल सुरु भएको छ । मन्त्रीहरू आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा गर्न नसकेको र कमिसनको खेलमा लागेकोसम्मको आरोप बैठकमै लागेको छ,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने ।

मन्त्री झाक्री र खतिवडालाई फिर्ता बोलाउने’boutमा लगभग सहमति भइसकेको छ । अन्य मन्त्रीलाई समेत फिर्ता बोलाएर अन्य नेतालाई जिम्मेवारी दिने’boutमा समेत छलफल भइरहेको स्रोतको दाबी छ ।

मन्त्री झाक्रीले मन्त्रालयको काम गर्दा मनोमानी गरेको, सचिवालयका मान्छेसँग समेत छलफल नगरेको भन्दै अध्यक्ष नेपाल उनीसँग असन्तुष्ट छन् ।

यता मन्त्रीबाट फिर्ता हुनुपर्ने भएपछि किसान श्रेष्ठ, प्रेम आलेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयमा समेत पार्टीभित्र चर्चा भइरहेको छ ।

तत्कालीन एमालेमा हुँदा श्रेष्ठ र आले ओली समूहमा रहेका थिए । तर, उनीहरू नेपालले नयाँ पार्टी दर्ता गरेपछि एकीकृत समाजवादीमा मन्त्री बन्नकै लागि आएका थिए । मन्त्रीबाट हट्ने भएपछि एमालेमै फर्किने तयारीसमेत यी दुई नेताले गरेको स्रोतको दाबी छ ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ । १५ चैत्रदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसअघि नै यी मन्त्रीहरूलाई फिर्ता बोलाउने र अरूलाई जिम्मेवारी दिने बताइएको छ ।

मन्त्रीहरू फिर्ता हुने भएपछि मन्त्री बन्न एकीकृत समाजवादीका सांसदको दौडधुप सुरु भएको छ । स्रोतका अनुसार जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, निरादेवी जैरुलगायतका नेता मन्त्री बन्ने दौडमा छन् ।

तर, एकीकृत समाजवादीका सचिवसमेत रहेका श्रेष्ठले मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने’bout आफूलाई जानकारी नभएको बताए । ‘मन्त्री फिर्ता बोलाउने, नयाँलाई पठाउने’boutमा आफूलाई जानकारी छैन, यो कुरा अध्यक्षज्यू वा महासचिवलाई सोध्नुहोला,’ श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]