
पूर्वी नवलपरासी – महेन्द्रराजमार्गको धौलागिरी चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रूपन्देही देवदह गाउँपालिका ३ सूर्यपुरा गाउँ बस्ने ३७ वर्षीया मायादेवी पाण्डे हुन् ।
त्यस्तै घाइते हुनेमा मणिराम पाण्डे, बस चालक कपिलवस्तु तौलिहवा बाणगंगाका टिका राना र ट्रक चालक रूपन्देही ओमसतियाका मोहन थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
देबचुली नगरपालिका १५ स्थित धौलागिरी चोकमा विपरीत तर्फबाट आएका बस र ट्रक जुधेर दुर्घटना भएको हो ।