
सप्तरी – अनुमतिविना बैतडीको आकाशमा प्याराग्लाइडिङ गर्ने एकजना विदेशी नागरिक पक्राउ परेका छन् । अष्ट्रियाका फिलिप जेनलेसलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अनुमतिविना प्याराग्लाइडिङ गर्न नपाइने भएकाले आवश्यक कारबाहीका लागि उनलाई नागरिक उडड्यन कार्यालय धनगढी पठाइएको भारतीले बताए ।
बैतडीको आकाशमा सोमबार विनाअनुमति प्याराग्लाइडिङ गरेको विषयमा फरकधारमा समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले चासो लिएको थियो ।
अष्ट्रियाका नागरिकले विनाअनुमति प्याराग्लाइडिङ गरेको भेटिएकाले उनलाई सोमबार साँझ नियन्त्रणमा लिएर मंगलबार धनगढी पठाइएको भारतीले बताए ।