२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

काठमाडौं – उपभोक्ता अधिकारकर्मीहरुले सरकारकाे कमजोर उपस्थितिका कारण जनता हरेक दिन बजारमा लुटिने वातावरण बनेको आराेप लगाएका छन् ।

विश्व उपभोक्ता दिवसकाे अवसरमा मंगलबार आयाेजित कार्यक्रममा बाेल्दै उनीहरुले महँगीले जर्जर बनेको बजार नियमनमा सरकारी उपस्थिति शून्य भएको बताएका छन् । उनीहरुले कालोबजारीलाई सरकारकै संरक्षण रहेको आरोप समेत लगाए ।

उपभोक्ता अधिकारकर्मी विमला खनालले बजार बजार जस्तो नभएको भन्दै उपभोक्ताकाे उठिबास लाग्ने अवस्था बनेकाे बताइन् । ‘हामी उपभोक्ता अधिकार दिवस मनाइरहेका छाैं । मूल्य, गुणस्तर र नापतौल उपभोक्ता ठगिएका छन्,’ खनालले भनिन्, ‘पेट्रोल, डिजेल, दूध र खाद्यान्नमा ठूलो मूल्य वृद्धि छ । उपभोक्ता हितका लागि सबै निकाय गैर जिम्मेवार छन् ।’

उपभोक्ताकाे मुद्दा ओझेलमा पार्न सरकार नै लागेकाे अधिकारकर्मी अप्सरा काेइरालाले आरोप लगाइन् । सरकारलाई आफूहरुले निरन्तर खबरदरी गर्ने उनकाे भनाइ छ ।

अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा उपभोक्ता शाेषित भएको बताए । बजार हस्तक्षेप र जनताकाे संरक्षणका लागि सरकारले काम नगरेको भन्दै उनले सरकार निकम्मा भएको बताए । उनले आपूर्ति सचिव नै निरंकुश र उपभोक्ता मैत्री नभएको बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जनता हरेक दिन बजारबाट घर फर्किंदा लुटिएकाे महसुस गर्ने बताए । नियमक निकाय वाणिज्य मन्त्रालय लामाे समयदेखि नेतृत्वविहीन रहँदा उपभोक्ता परिषद्काे बैठक नै बस्न नसकेकाे भन्दै उनले नीतिगत काम सरकारकै कारण अल्झिएकाे बताए ।

अर्का अधिकारकर्मी ज्याेति बानियाँले उपभोक्ता हितका लागि केन्द्रीय सरकारी नेतृत्वले स्थानीय र प्रदेशलाई उत्तरदायी बनाउन माग गरे ।

उपभोक्ता अधिकारकाे नाममा व्यवसायीकाे हुर्मत लिने काम भयो : श्रेष्ठ

कार्यक्रममा नेपाल उद्याेग वाणिज्य महासंघका प्रतिनिधि दुर्गाराज श्रेष्ठले उपभोक्ता अधिकारकाे नाममा व्यवसायीकाे हुर्मत लिने काम भएको बताए । केही गलत व्यवसायीलाई देखाएर ९९ प्रतिशतमाथि गलत आक्षेत लगाएको उनको भनाइ थियो । आफूहरु पनि कुनै न कुनै वस्तुको उपभोक्ता भएको भन्दै उनले तर्साउने र डण्डा लगाउने भन्दा पनि सचेतना फैलाउन आवश्यक रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका देवेन्द्र भक्त श्रेष्ठले बजारकाे मूल्य वृद्धिमा व्यवसायी मात्रै कारण नभएको बताए । आपूर्ति अवस्था र अन्तर्रास्ट्रिय मूल्यबारे जानकार हुन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]