२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

काठमाडौँ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौता (जनरल कोअपरेसन एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका साउदीका विदेशमन्त्री फैसल विन फरहान र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरब विदेशमन्त्री स्तरीय बैठक चलेको थियो । बैठकपछि दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयाेग तथा सहकार्य गर्न बाटो खुलेकाे छ ।

नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]