काठमाडौं – युक्रेनको राजधानी किएभमा मंगलबार बिहान सबेरै विस्फोटनहरुको आवाज सुनिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले त्यहाँ रहेका पत्रकारहरुले विहान सवेरै विस्फोटको आवाजहरु सुनिएको जनएका छन्।
आवाज सुनिएको केही बेरमा किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।
केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको छ।