२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी – युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। यसैबिच युक्रेन र रसियाका वार्ता टोलीले वार्ता पुनः सुरु गर्ने तयारी गरेका हुन्।

रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल २५ किलोमिटर मात्रै पर रहेको छ। त्यहाँ पहिले नाटोको सैन्य प्रशिक्षणको आयोजना गरिएको थियो। सो आक्रमणमा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको एक युक्रेनी अधिकारीले आइतवार बताए।

तर, रसिया र युक्रेनले अघिल्लो हप्ता बसेको वार्ताको सकारात्मक मूल्याङ्कनपछि कूटनीतिक प्रगतिको आशा बढेको छ।

‘रसियाले रचनात्मक वार्ता थालिसकेको छ’, युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकले एक अनलाइन भिडियोमा भने, ‘मलाई लाग्छ हामीले केही दिनमै सकारात्मक उपलब्धिहरु हासिल गर्नेछौँ।’

यसअघिको वार्तामा महत्त्वपूर्ण प्रगति भएको र प्रतिनिधिमण्डलहरू छिट्टै मस्यौदा सम्झौतामा पुग्न सक्ने सम्भावना रहेको रसियाली वार्ता टोलीका प्रतिनिधि लियोनिद स्लुत्स्कीलाई उदृत गर्दै आरआईएले उल्लेख गरेका छन्। सो सम्झौतामा केके विषयहरु समावेश हुनेछन् भन्ने विषयमा दुवै पक्षले खुलाएका छैनन्। पछिल्लो सोमवार बेलारुसमा दुई पक्षबिचको तीन चरणको वार्ता मुख्यतया मानवीय मुद्दाहरूमा केन्द्रित थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दुई देशका प्रतिनिधिमण्डलहरूले भिडियो लिंकमार्फत दैनिक कुरा गरिरहेको बताएका छन्। उनका वार्ताकारहरूको स्पष्ट उद्देश्य पुटिनलाई भेट्ने व्यवस्था गर्न ‘जे पनि गर्नु’ रहेको उनले बताएका छन्।

‘हामीले पर्खनु पर्छ। हामीले लड्नुपर्छ। र, हामी जित्नेछौं,’ जेलेन्स्कीले अबेर राति भिडियो भाषणमा भनेका छन्। पुटिनले शुक्रवार वार्तामा केही ‘सकारात्मक परिवर्तनहरू’ भएको बताएका थिए तर यसबारे उनले विस्तृत रुपमा खुलाएनन्।

रसियाली जलसेनाले युक्रेनको ब्ल्याक सी तट नियन्त्रणमा लिएको र देशलाई सामुद्रिक व्यापारबाट अलग गरेको बेलायतले बताएपछि वार्ता सुरु भएको हो।

आइतवार अबेर आएको एक अपडेटमा बेलायतको रक्षा मन्त्रालयले रसियाली जलसेनाले ‘नाकाबन्दी’मार्फत युक्रेनलाई सामुद्रिक व्यापारबाट अलग गरेको छ र सेनाले देशभर मिसाइल हमलाहरू जारी राखेको बताएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]