२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी
यस्ता धेरै शब्द र अक्षरहरू हुन्छन् जुन हामीले आफ्नो दैनिक जीवनमा बोल्दै तथा सुन्दै आएका हुन्छौं । तर कहिलेकाहीँ त्यस्ता शब्द वा अक्षरहरू किन त्यस हिसाबले बोलिन्छ वा लेखिन्छ भन्ने थाहा हुँदैन ।

यस्तै हामी प्रायः आफ्नो आसपासका मानिसहरूलाई देखेर वा सुनेर पनि यस्ता शब्द लेख्न वा बोल्न सुरु गर्दछौं । हामीले हजारलाई अंग्रेजी अक्षर के लेखेको देखेका छौं । सोसल मिडियामा छोटकरीमा लेख्नुपर्दा यो चलन निकै फस्टाएको छ । हामीले प्रायः सोसल मिडियामा लाइक तथा सब्सक्राइबरको संख्याका पछाडि हजार जनाउनका लागि के लेखेको देखेकै छौं । आखिर हजारलाई किन के लेखिन्छ ? शब्दको काम गर्ने ‘के’ अक्षरको हजारसँग को सम्बन्ध के हो त ?

कहाँबाट सुरु भयो ‘k’ शब्द ?

यस विषयमा विभिन्न खालका तर्क छन्। वास्तवमा ग्रीक शब्द Chilioi को अर्थ हजार भन्ने हुन्छ । त्यही शब्द अपभ्रंश भएर छोटकरीमा ‘K’ लेख्ने गरिएको बताइन्छ । हजार अंकलाई जनाउनका लागि ग्रीकबाट सुरु भएको के शब्द अन्ततः विश्वव्यापी बनायो । बाइबलमा समेत हजारको ठाउँमा के लेखिएको पाइन्छ ।

किलोका रुपमा हजारको प्रयोग

ग्रीक शब्द Chilioi को प्रयोग जब फ्रेन्च भाषामा गरियो, त्यसको अर्थ हजारबाट परिवर्तन भएर किलोग्राम बन्यो । जब हामी कुनै चिजलाई हजारले गुणा गर्दछौं त्यसलाई किलो भन्दछौं । जस्तो एक हजार ग्राम बराबर एक किलोग्राम अनि एक हजार मिटर बराबर एक किलोमिटर । त्यही किसिमले हजारको प्रयोग किलोको रुपमा हुन थाल्यो । जब हामी किलोलाई अंग्रेजीमा लेख्छौं तब हिज्जेको सुरुआत के अक्षरबाटै हुन्छ । त्यसैले के अक्षर हजारको प्रतीक बन्यो र हजारको ठाउँमा के लेख्न थालियो । जस्तै २५ हजार भनेको २५K ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]