२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी – जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हु्न् ।

नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताइन् ।

सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् । उनले छिमेकी राष्ट्रहरूलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताइन् । देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताइन् । सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । उनले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीय रुपमा अगाडी बढ्ने पनि बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]