जनकपुरधाम – नेपाली कांग्रेस धनुषा जिल्लाको निर्वाचनमा निधि समूह विजयी भएको छ ।
सभापतिमा योगेन्द्र पञ्जियार विजयी भएका थिए भने आइतबार सम्पन्न पदाधिकारीहरुको मतपरिणाममा उप–सभापति, सचिव र सह–सचिवमा समेत निधि समूह नै विजयी भएका हुन् । उप–सभापतिमा गणेश झा १ हजार १ सय ४६ र लक्ष्मीनारायण यादव १ हजार २ सय ५४ मत ल्याएर विजयी भएका छन् भने गणेशप्रसाद जयसवाल ७ सय ८, रामसोभित दाहा धानुक ७ सय ६५, सुरेन्द्रप्रसाद चौधरी (मुन्ना) ७ सय ९८ र हरिशंकर साहले ५ सय ९९ मत ल्याएका छन् । त्यस्तै सचिवमा कन्हैयाकुमार कर्ण १ हजार १ सय ६० र देवेन्द्रकुमार भड्खेर १ हजार १ सय ७७ मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी सचिवका उम्मेदवारहरु धीरेन्द्र (मोहन)कुमार झा ८ सय ३३, नवलकिशोर यादव ७ सय ९१, प्रभाकर झा ३ सय ९५, श्यामचन्द्र यादव २ सय ५२ र शिवशंकरकुमार गोइत(साधु) ८ सय ३२ मत ल्याएका थिए । त्यस्तै आइतबारनै स–सचिवको मतगणना सम्पन्न भएको छ । स–सचिवमा विजय यादव १ हजार ४ सय ७ र मो. साकिर राइन १ हजार ७८ मत ल्याएर विजयी भएका छन् । सह–सचिवका उम्मेदवारहरु इन्द्रकुमार महतो ८ सय ३९, धर्मनाथ यादव ७ सय २२, महेशकुमार बस्नेत ७ सय ४८ र सुरेश कोइरालाले ७ सय ६२ मत प्राप्त गरेका छन् ।