एजेन्सी – फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि शनिबार एक पेन्सेनरले काँचो अण्डा प्रहार गरेका छन् । दक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका हुन् ।
असक्त बालबालिकाबारे जेम्मोरको टिप्पणीपछि क्रुद्ध बनेका ती वृद्धले उनको टाउकोमा अण्डा फुटाएका हुन् । पेसाले किसान ती वृद्धाका छोरा अटिजमबाट पीडित छन् ।
जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरूविरुद्ध बोलेका थिए । जेम्मोरको समूहले सो विषयबारे प्रहरीलाई रिपोर्ट गर्न नहुने बताएको सार्वजनिक अभियोजनकर्ताको कार्यलयले जनाएको छ ।
फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।