२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी – तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो ।

दुर्घटनामा परेर ग.३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओम प्रकाश गुरुङ, रुद्र बहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदै छ । घाइते मध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग.२ ख ३०७ नम्बरको बस ठोक्किँदा सुमो पल्टिएको थियो । बस चालक अनिल बयलकोटीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]