काठमाडौं- रूस र युक्रेनबीच आज फेरि वार्ता हुने भएको छ। रूसको तर्फबाट दिमित्री पेसकोव र राष्ट्रपति भ्लादमिर पुटिनका प्रेस सचिवले यो वार्ता भिडियो कन्फरेन्सको माध्यमबाट हुने जनाए।
युक्रेनको तर्फबाट वार्ताकार र राष्ट्रपति वोलोदोमीर जेलेन्स्कीका सलाहकार मिखाइलो पोदोलयाकले पनि क्रेमलिनको भनाइ पुष्टि गरेको बीबीसीले जनाएको छ। पोदोलयाकले रुस रचनात्मक रुपमा दोस्रो पटक छलफलका लागि तयार रहेको बताएका हुन् ।