२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

वीरगन्ज – नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन्। सोमबार बिहान सकिएको मतगणनाको नतिजा अनुसार प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाइ ५२ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी यादव, कलैया उपमहानगरपालिकाका मेयर पनि हुन्।

जिल्ला सभापति चयनका लागि आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाएका हुन्। बुढाथोकीले भने १ हजार १ सय ५४ मत मात्रै पाए।

सभापतिमा निर्वाचित यादव र उनीसँग पराजित बुढाथोकी दुवै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये पार्टीको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो।

दोस्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मतमध्ये २ हजार ४ सय ८ मत खसेको थियो। पहिलो चरणको मतदानमा तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला र कृष्ण सिटौला समूहका उम्मेदवार रामानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेका थिए। तर रामानन्द यादवकै प्यानलबाट उपसभापति, सचिव र सहसचिवमा उम्मेदवारी दिएकाहरुले भने दोस्रो चरणको मतदानमा शम्भु बुढाथोकीलाई समर्थन गरेका थिए।

बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोदेखि शुरु हुने सहायक निर्वाचन अधिकृत गंगेश्वर अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]