२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

काठमाडौं – युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् ।

यसअघि रुसी सेनाले मारिउपोलका मेयर इभान फेदोरोभलाई अपहरण गरेको बताइएको थियो । रुसले फेदोरोभको स्थानमा नगर परिषद्की पूर्व सदस्य समेत रहेकी गालिना डानिलचेङ्कोलाई नियुक्त गरेको युक्रेनको संसदले जनाइसकेको छ ।

मारिउपोलकी नयाँ मेयर गालिनाले आफ्नो पहिलो सम्बोधनमा शहरबासीलाई ‘अतिवादी गतिविधि’मा नलाग्न अनुरोध गरेकी छन् । नयाँ परिस्थितिसँग मेल खाने गरी आधारभूत संयन्त्र खडा गर्ने आफ्नो प्रमुख काम रहेको पनि उनको भनाइ छ ।

तर शनिबार मारिउपोलका अपदस्थ मेयर फेदोरोभलाई मुक्त गर्न भन्दै सैयौंले विरोध प्रदर्शन गरेको बीबीसीले जनाएको छ । फेदोरोभलाई शुक्रबार एक हतियारधारी समूहले नियन्त्रणमा लिएर कार्यालयबाट अन्यत्र लगेको थियो ।

रुसी अधिकारीले भने फेदोरोभको अपहरण भएको समाचारबारे कुनै टिप्पणी गरेको छैन । तर पृथकतावादीको नियन्त्रणमा रहेको लुहान्सकको अभियोजनकर्ताको कार्यालयले उनीमाथि ‘आतंककारी गतिविधि’मा संलग्न रहेको आरोप लगाएको समाचारमा उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत रुसमाथि ‘छद्म गणतन्त्रहरू’ स्थापना गरी युक्रेनलाई छुक्र्याउने प्रयास गरेको आरोप लगाएका छन् । उनले शनिबार राति एक भिडियोमार्फत् सम्बोधन गर्दै रुसमाथि यस्तो आरोप लगाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]