२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

किभ – युक्रेनको एउटा सैनिक अखडामा रुसी फौजबाट भएको भयानक आक्रमणका प्रत्यक्षदर्शीहरूले पोल्यान्डको सीमाना नजिक भटाभट क्षेप्यास्त्र खस्दा त्यहाँको आकास नै रातो दखिएको बताएका छन् ।

निरन्तर जारी रहेको द्वन्द्वको कारण पोल्यान्ड छिर्ने युक्रेनी शरणार्थीहरूले प्रयोग गरिरहेको एउटा प्रमुख सीमा द्वार नजिकको याभोरिभ सैनिक तालिम अखडामा भएको यस भीषण आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको छ ।

आइतबार बिहान सबेरै लुभियु सहर बाहिरको यस अखडामा रुसी पक्षले करिव तीसवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको स्थानीय गभर्नरले बीबीसीलाई जानकारी दिएका छन् ।

तर, उनले अधिकांश क्षेप्यास्त्रलाई आकासमै नष्ट पारिएको बताएका छन् । आक्रमण भएको घन्टौपछि अहिलेसम्म पनि त्यहाँ एम्बुलेन्सहरू दौडिरहेका र खोजी तथा उद्धार कार्य जारी रहेको देखिन्छन् ।

आक्रमण पछि अनलाइनमा पोस्ट गरिएका भिडियोमा एक स्थानमा विशाल खाल्डो परेको तथा नजिकैको एउटा सानो भवनमा आगलागी भइरहेको देखिन्छ ।

आक्रमण स्थल नजिकको एउटा अपार्टमेन्टमा बस्ने १९ वर्षीय विद्यार्थी दुख्निच भितालीले भनेका छन्, “क्षेप्यास्त्र विस्फोट हुँदा रातको कालो आकास नै रातो देखिएको थियो । भयानक विस्फोटको आवाज सुनेर हामी एक्कासी बिउँझेका थियौँ ।”

उनका एकजना २५ वर्षीय आफन्त सो अखडामा सैनिक तालिम लिँदै आएका थिए । उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । प्राय: युक्रेनी फौजलाई अमेरिकी तथा नेटोका प्रशिक्षकहरूले तालिम दिने गरेका छन् । आक्रमणकाबेला त्यहाँ विदेशी प्रशिक्षकहरू रहेको वा नरहेको पुष्टि हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]