२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

काठमाडौं – अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार आयोगले बस्नेतसहित तीन जनालाई बिहिबार एक लाख ३५ हजार घुस सहित नियन्त्रणमा लिएको हो । आयोगले भनेको छ– खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुसररिसवत बापत एक लाख ३५ हजार माग गरिरहेको भन्ने सूचना परेको थियो ।

सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–७ चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]