२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

सप्तरी – झलनाथ खनाल दिल्ली जाँदा पार्टी एक थियो फर्कदा विभाजन । एयरपोर्टमा माधव नेपालद्धारा स्वागत । अस्पतालमा पुगेका ईश्वर पोखरेलसहितका नेता एयरपोर्टमा देखिएनन् ।
काठमाडौं, १४ भदौ

क्विक न्युज । पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् । गत २० असारमा मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभपछि उनी स्वदेश फर्किएका हुन् । दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार गरिएको थियो ।

एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँडेका खनाल फर्किंदा एमाले दुई टुक्रा भइसकेको छ । उनी एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताको रुपमा रहे । सोमबार स्वदेश फर्किएका खनालको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु थिए ।

तर, विदाइ गर्दा नर्भिक अस्पताल पुगेर स्वास्थ्य लाभ गरेका ईश्वर पोखरेलसहित एमालेका नेताहरु विमानस्थलमा देखापरेनन् । २ असारमा थप उपचारका लागि दिल्ली जाने भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश बोकेर नर्भिक अस्पताल पुगेका ईश्वर पोखरेललाई भावुक हुँदै खनालले पार्टी एकता गर्न भनेका थिए । दिल्ली उड्नु अघि अध्यक्ष ओलीलाई सन्देश दिँदै खनालले भनेका थिए, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, पार्टी बचाउनुहोस् ।’

‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ’, दिल्ली उड्नु अघि खनालले पार्टी एकताका लागि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

तर, उनको सन्देशले काम गरेन । साढे दुई महिनापछि खनाल स्वदेश फर्किंदा एमाले दुई टुक्रा भयो । एमाले दुई टुक्रा हुनुमा खनालको पनि भूमिका रह्यो । आफैँले दिएको सन्देशविपरीत खनाल दिल्लीस्थित नेपाली दूतावासमार्फत एमाले विभाजनका लागि सनाखत गरे ।

आफ्नै जीवनरक्षाका लागि दिल्ली पुगेका खनाल दशौँ वर्ष पसिना बगाएको आफ्नो पार्टीको रक्षा गर्न सकेनन् । दशौँ वर्ष मुलुक र जनताका लागि गरेका संघर्षका सहयात्रीहरु विमानस्थलमा उनको स्वागत र थप स्वास्थ्य लाभको कामना गर्न अनपुस्थित रहे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]