३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

बिराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन् । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने उनले बताए ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

उनका अनुसार व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै छ । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको अध्यक्ष प्रचण्डले बताए ।

त्यो बेला फेल भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘राजीनामा दिन्छौं ढक्क हुनुस् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]