२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

सप्तरी – रुसी फौजले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिन शनिबारदेखि आक्रमण तीव्र पारेको छ ।आक्रमण सुरु गरेको १७ औं दिनमा किभको बाहिरी क्षेत्रमा दुई देशका सेनाबीच भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

किभबाट २५ किलोमिटरको दूरीमा बख्तरबन्द गाडीसहित ठूलो संख्यामा रहेका रुसी सेना राजधानीतर्फ बढिरहेका बेलायती गुप्तचर निकायले जनाएको छ । युक्रेनी अधिकारीहरूले रुसी फौजले चाँडै नै भयानक आक्रमण गर्ने भन्दै त्रास व्यक्त गरेका छन् । किभ युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किभको बाहिरी क्षेत्रमा रहेका रुसी फौजमाथि युक्रेनले आक्रमण गरेको र त्यसबाट केही क्षति पुगेको जनाएका छन् । १७ दिन लामो युद्धका क्रममा रुसी सेनाले एक दशकयताकै ठूलो क्षति बेहोरेपछि रुसले थप सैनिक पठाइरहेको जेलेन्स्कीको दाबी छ ।

जेलेन्स्कीले युद्धसम्बन्धी विवरण सार्वजनिक गर्दै शुक्रबार कम्तीमा ५ सय रुसी सेनाले आत्मसमर्पण गरेको दाबी गरेका छन् । यद्यपि, यसको पुष्टि हुन सकेको छैन । दुई देशबीच जारी युद्धका क्रममा १ हजार ३ सय युक्रेनी सेनाले ज्यान गुमाएका जेलेन्स्कीको भनाइ छ । कम्तीमा ६ हजार रुसी सेना मारिएका पश्चिमा देशहरूको अनुमान छ ।

रुसी सेनाले युक्रेनी भूभाग कब्जा गरे पनि जनताको विश्वास र सोच नियन्त्रित गर्न नसक्ने जेलेन्स्कीको भनाइ छ । ‘गाउँ तथा सहरहरूमाथिको नियन्त्रण पनि अस्थायी हुनेछ, त्यसमा म ढुक्क छु,’ राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने । दुई देशका उच्च अधिकारीहरूबीच वार्ता जारी रहेकाले ‘युद्धविरामको सम्भावना अझै बाँकी रहेको’ उनले बताए ।

बेलायती रक्षा मन्त्रालयले किभको उत्तरी क्षेत्रमा रहेका रुसी फौज तितरबितर भएका दाबी गरेको छ । सहरलाई घेराबन्दीमा पार्ने प्रयासका लागि फौज बाँडिएको हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘रुसी फौजले युक्रेनी प्रत्याक्रमण छल्न र क्षति कम गर्न पनि त्यसो गरेको हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

त्यस्तै, खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी फौजको घेराबन्दीमा परेका बीबीसीले जनाएको छ । रुसी आक्रमण जारी रहेका ती सहरहरूको तापक्रम निकै घटेको र कठ्यांग्रिँदो चिसोमा मानिसहरू बिजुली र पानीबिना बस्न बाध्य भएका जनाइएको छ ।

तीबाहेकका अन्य सरहमा पनि रुसी सेनाको आक्रमण जारी छ । निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरका विभिन्न स्थानमा शनिबार बम विस्फोट गराइएको स्थानीय अधिकारीले जनाएका छन् । राष्ट्रपति जेलेन्स्कीका पूर्वसल्लाहकार तथा सांसद स्भियातोस्लाभ युराले किभ सहरमा रुसी फौजको प्रतिरोध गर्ने तयारी भइरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार रुसी सेनाले शुक्रबार रातिदेखि लगातर जसो किभमा रकेट प्रहार गरिरहेको जनाएका छन् ।

किभको बाहिरी क्षेत्रमा भने युद्ध भइरहेको उनले पुष्टि गरे । रुसी फौज किभभित्र प्रवेश गरेको खण्डमा ठूलो प्रतिरोध हुने र क्षति बेहोर्ने उनले चेतावनी दिएका छन् । ‘यो निश्चित छ, कसैले पनि आत्मसमर्पण गर्नेवाला छैन,’ उनले भने ।

यसैबीच, रुसले दक्षिणी बन्दरगाह सहर मरिउपोलबाट मानिसको उद्धार रोकेको युक्रेनी अधिकारीले आरोप लगाएका छन् । रुसले भने युक्रेनको आरोप अस्वीकार गर्दै ‘मानिसलाई युद्ध क्षेत्रबाट बाहिर लग्ने निकास मार्ग युक्रेनले अस्वीकार गरेको’ दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]