सप्तरी – शनिबार (हिजो) साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्डको सजाय दिइएको छ। जहाँ यमन र सिरियाका नागरिकसमेत छन्। विदेशी आतंकवादी संगठनमा आस्था राखेको आरोप उनीहरूलाई लगाइएको अल जजिराले लेखेको छ।
यसलाई साउदीको इतिहासकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ।
मत्युदण्ड सजाय सुनाइएकाहरूले निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या र विभिन्न अपराधमा दोषी ठहरिएका सरकारले जनाएको छ। उनीहरू आईएसआईएस, आईएसआईएल, अल कायदा, हुथी जस्ता आतंकवादी संगठनमा सम्बद्ध रहेको पनि सरकारी दाबी छ।