१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

सप्तरी – १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु आईतबार सतोषर पुग्ने भएका छन् ।

शनिवार धनुषाधाममा विश्राम गरेका परिक्रमका यात्रीहरु आईतबार सतोषर पुग्ने भएका छन् । सो क्रममा धनुषाधाममा परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि परिक्रमा यात्रीलाई धनुषाधामका स्थानीयवासी, व्यापारी, राजनितीकर्मीहरुले भोजन, सरवत र औषधि वितरण गरेका थिए ।परिक्रमा यात्रीहरुलाई स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी लगायतका जवानहरुको सक्रियतामा भोजन गराइएको थियो । हिन्दुधर्ममा भोजन पश्चात दक्षिणा दिने प्रचलन अनुसार परिक्रमा यात्रीहरुलाई भोजन गराई परिक्रमा यात्रीलाई स्वागत गर्नका लागि बसेकाहरुले नगद दक्षिणा समेत प्रदान गरेका थिए । प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवत सुरु हुने परिक्रमामा सयौं भक्तजनहरू सहभागी हुने गर्दछन् । परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइ अन्तगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आइ वास वस्ने चलन छ । यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी र त्यस पछि भारत बिहारको कल्याणेश्वरहुँदै विधिवत् रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

आईतबार सतोषर पुगी औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ । मिथिला परिक्रमामा सहभागीहरुले नेपालको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर लामो बाटो तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीवास गरी बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ । परिक्रमा यात्रामा नेपाल भारतका विभिन्न स्थानका हजारौं भक्तजनहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । विभिन्न विश्रामस्थलमा परिक्रमा विश्राम गर्ने दिन स्थानीय मेलाको आयोजना हुने गरेको छ । मिथिला परिक्रमामा सहभागी भए मोक्षको प्राप्ति हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]