
गोरखा – आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा–१३ मा बोलेरो जिपको ठक्करबाट तनहुँको आँबुखैरेनी–३ का २५ वर्षीय सन्जिव बयलकोटीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका वयलकोटीको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरीका निरीक्षक धर्म अधिकारीले बताए ।
आँबुखैरेनीबाट गोरखातर्फ आउँदै गरेको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।