
सप्तरी – क्रिश्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेन्ह्यामलाई ३-२ ले पराजित गरेको छ। रोनाल्डोले १४ वर्षपछि युनाईटेडका लागि ह्याट्रिक गरे। फ्रेडको पासमा रोनाल्डोले १२ औ मिनेटमा खेलमा अग्रता बनाएका थिए।
तर ह्यारि केनले ३५ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। यद्वपि पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा रोनाल्डोले ३८ औ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएका थिए। तर दोस्रो हाफमा टोटेन्ह्यामले ७२ औ मिनेटमा आत्माघाती गोल मार्फत अग्रता लियो।
ह्यारि मगुरेले आत्माघाती गोल गरेपछि युनाईटेड पुन २-२ को अवस्थामा पुगेको थियो। तर रोनाल्डोले १४ वर्षपछि ह्याट्रिक गर्ने क्रममा टेलेसको पासलाई ८१ औं मिनेटमा सदुपयोग गरेका थिए।
जितसँगै युनाईटेड आर्सनललाई पछि पार्दै ५० अंकका साथ चौंथो स्थानमा उक्लिएको छ। टोटेनह्यम २७ खेलबाट ४५ अंक बनाएर ७ औ स्थानमा रहेको छ।