२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २८, २०७८

काठमाडौँ – अभिनेता राजेश हमालले काठमाडौँ महानगरपालिकाको मेयर बन्ने कुरा व्यङ्ग्यात्मक भएको बताएका छन् । शुक्रबार आफ्नो स्वरमा रहेको गीतको रिलिज कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसङ्गमा हमालले आफूले व्यङ्ग्यात्मक रूपमा उक्त कुरा भनेको बताएका हुन् ।
काठमाडौँको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा भनेको हमालले बताए । ‘कुनै नराम्रो शहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौँमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यङ्ग्य गरेको हुँ,’ उनले भने ।

हमालको एकल स्वरमा ‘गाउँले ठिटो’ बोलका गीत र भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।

गीतमा रोजगारीका लागि बिदेसिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा देखाइएको छ । भिडियोमा हमालका साथै उत्तम केसी, गोविन्द भट्ट, एस.के. दाहाललगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]