
सप्तरी – नेपाली काँग्रेस धनुषाको सभापतिका लागि आज विहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको मतदान स्थगित भएको छ ।
निर्वाचन समिति सचिवालयका प्रमुख राम गुलाम कर्णले मतदान कार्यक्रम स्थगित भएको बताए । उनका अनुसार नेताहरुको सहमतीमा मतदान कार्यक्रम स्थगित भएको हो । अब भोली विहान ८ बजेदेखि सुरु हुनेछ ।
दोस्रो चरणमा संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादव र विमलेन्द्र निधी समूहका योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा यादव र पजियारभन्दा कम मत ल्याएकाले प्रतिस्पर्धाबाट बाहिरिएका दिनेश प्रसैलाले पजियारलाई समर्थन गरेका छन् ।
स्रोतका अनुसार यादव कमजोर बनेकाले मतदान स्थगित गर्न लगाएका छन् । मतदान आजै गर्नुपर्ने माग राखेर पजियार समूहका नेता कार्यकर्ता पार्टी कार्यालय घेराउन समेत गरेका थिए ।