२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

जुम्ला – महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएकाे हाे ।

ट्यांकर पाएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको उनकाे भनाइ छ । कार्यालयले ३०लाख ६० हजार मूल्यको ट्यांकर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

वातावरण अनुकूलित दुवानी साधन, खरिद जडान अनुदन कार्यक्रममार्फत दुध किसानले पाएकाे उनले बताए । ‘हामीले प्रस्तावना मागेका थियौ । जसमा ६ जनाले निवेदन दिएका थिए,’ उनले भने । सबैभन्दा बढी अंक ल्याएर हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताल छनोट भएकी उनकाे भनाइ छ ।

मनकोइला धितालले भनिन्, ‘अब किसानले दूध बोकेर बजारसम्म दूध पुर्‍याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ ।’ धितालका अनुसार अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्यांकरबाट डेरीमा सहजै दूध पुर्‍याउन थालिएकाे छ । यसअघि सदरमुकाम भित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको थियो । धितालले सञ्चालन गरेको डेरीमा ट्यांकर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै ६ लाख बराबरको दूध बिक्री हुने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]