२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

सप्तरी – आज एकै दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन ४ हजार रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो । हिजो बुधबार एकै दिन प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज फेरी ४ हजार रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

रुस र युक्रेनबीच सैन्य भिडन्त भइरहँदा निरन्तर उकालो लाग्दै दिनदिनै कीर्तिमान बनाइरहेको सुनको मूल्य आज घटेको हो । यससँगै, सुनचाँदी बजार इतिहासकै नयाँ कीर्तिमानी मूल्य कायम भएको सुन पुनः कीर्तिमानी मूल्य छुनबाट रोकिएको महासंघको भनाई छ ।

सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]