
झापा – जिल्लाको कन्काई नगरपालिका- ९ घैलाडुब्बामा हिजो साँझ एम्बुलेन्सको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन्।
जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….
विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए….
गम्भीर घाइते भएका थापाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मे१च ५२५ नम्बरको एम्बुलेन्सले थापालाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको हो।
एम्बुलेन्ससहित चालकलाई ईलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको छ।