सप्तरी – संखुवासभाको मादीमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बिहीबार बिहान करिब ७:३० मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको बस दुर्घटना भएको हो ।
बस मादी नगरपालिका–६ स्थित पुलुङ गाउँको सातघुम्तीकाे भीरबाट करीब तीन सय मिटर तल खसेको छ। बसमा १५ जना यात्रु र चालक सह-चालक रहेका थिए । ती मध्ये हालसम्म १२ जनाको शव भेटिएको स्थानीय डम्बर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएका तीन जनाको जिवितै उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ । मृतकहरुको पहिचान खुल्न सकेकाे छैन । दुर्घटना के कारणले भएकाे हो भन्ने पनि खुलेको छैन ।