सप्तरी – नेपाल बार एशोसिएशनको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । बुधवार बिहान ११ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समयमा आएका निवेदनउपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिएको छ । बारको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । १ अध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिइन्। यस्तै महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् ।
नेपाल प्रहरीले यूट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले यूट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुंगाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधवार पक्राउ गरेको हो । पछिल्लो समय प्रहरी भ्रामक सूचना सम्प्रेषण गर्ने युट्युबरप्रति आक्रामक बनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुस्ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।
मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तराष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाइएको हो । अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ ।
नेपाली काँग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसैला यादवले विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा कोइराला र निधि पक्ष मिलेका हुन् । निधि पक्षका नेता रामसरोज यादवले दिनेश प्रसैला यादवले पजियारलाई समर्थन गर्ने सहमति भएको लोकान्तरलाई जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरूको सरुवा गरेको छ ।
कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयको २२ गतेको निर्णयअनुसार जेनेरल इन्जिनियरिङ समूहका ५ जना, वन समूहका २ जना र प्रशासन समूहका ३ जना सहसचिवहरूको सरुवा भएको हो ।
अमेरिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त प्रा श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
शेयर बजार मापक सूचक नेप्से बुधवार २५१४.६५ बिन्दुमा ओर्लिएको छ । एकैदिन बजार ३० अंकले घटेको र पछिल्ला दिनमा बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता निराश देखिएका छन् ।
००००
पछिल्लो २४ घण्टामा २२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षणमध्ये ६८ पीसीआर र १५६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन ।
नेपाली कांग्रेसले कार्यकर्ता र मतदाताको धारणा बुझेपछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । फागुन २९ गतेदेखि शुरू हुने देशव्यापी अभियानमा कार्यकर्ता र जनताको भावना बुझेपछि मात्र गठबन्धनबारे निर्णय लिइने नेताहरूले बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन २९ गतेदेखि शुरू हुने चुनावी अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरूले केन्द्रीय समितिले मात्र औपचारिक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सुकेको रूखको पात निर्वाचन आयोगले बचाइदिन खोजेको बताएका छन् ।