२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

सप्तरी – दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन्।

बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्।

योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए।

६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ। कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन्।

उनले राष्ट्रिय एकतालाई आफूले प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन्।

मुनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग संवादलाई बढाएका थिए।

पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिइरहेको उत्तरसँग आफूले राष्ट्रपति मुनको भन्दा फरक नीति लिने यओलले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]