२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

सप्तरी – हिजो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको पूर्वसन्ध्यामा दैलेखकी एक गृहिणीलाई श्रीमानले चक्कु हानेका छन् । चक्कु प्रहारबाट सिकिस्त भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाहीमाथि २७ वर्षीय श्रीमान बखतबहादुर शाहीले चक्कु हानेका हुन् ।

सावित्रा घरमा निरन्तर कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमुले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन् । तर बखतबहादुरले सोमबार साँझ माइतीघरमा पुगेर भान्साबाट झिकेको चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

सावित्रामाथि चक्कु प्रहार भएपछि छोरीलाई जोगाउन गएका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाइ १४ वर्षीय सुरेश चन्दलाई पनि शाहीले चक्कु प्रहार गरेर घाइते बनाएका छन् । घटनालगत्तै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि उनीहरुलाई दैलेख अस्पताल पुर्याइएको हो ।

पीडित पक्षले हिजो प्रहरीमा दिएको ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेर हिरासतमा राखेको छ । उनीमाथि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

आरोपित बखत र पीडित सावित्रीको नौ वर्षअघि विवाह भएको हो । उनीहरुका सात र चार वर्षका दुई छोरा छन् । ती पनि अहिले मावलीमै बस्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]