२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकाले विहीबार सार्वजनिक विदा दिएको छ। मिथिलाको प्रसिद्ध माध्यमा परिक्रमा भंगहा नगरपालिकाको कन्चनवनमा आउने यात्रीहरुको स्वागतका लागि नगरभरिमा एक दिनको लागि सार्वजनिक बिदा दिएको हो।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए । बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी(इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ।

बुधबार महोत्तरीको धुव्रकुण्डमा विश्राम गरेका यात्रीहरु भोलि बिहानै कञ्चनवन आउने भएका छन्। राति यहाँ विश्राम गरेपछि यात्रीहरु शुक्रवार विहानै धनुषा प्रवेश गर्ने भएका छन् ।

कञ्चनवनमा होली महोत्सव हुँदै

गतवर्ष झै यसवर्ष पनि कञ्चनवनमा ‘होली महोत्सव’को आयोजना हुने भएको छ।

मिथिला मध्यमा परिक्रमा हरेकवर्ष यात्रीहरु एकआपमा रंग अविर दलेर होली मनाउने गरिन्छ। पौराणिक कालमा यहाँ भगवान राम र माता सीताले होली खेलेको स्मरणमा यहाँका आउने परिक्रमाकायात्रीहरु होली मनाउने गरेको परम्परा रहेको छ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ।

यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]