नुवाकोट – बेलकोटगढी नगरपालिका ८ काशीटारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना सख्त घाइते भएका छन् ।
काठमाडौंबाट त्रिशूलीतर्फ जाँदै गरेको बा५ख ८२३४ नम्बरको टिमुरे यातायातको बसले वाग्मती प्रदेश ००२००प ८५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विदुर नगरपालिका ३ का श्रीर्खाली पुसुन्टारका बालकृष्ण अधिकारी र बेलकोटगढी नगरपालिका ८ ठूलोखोलामा आर्या होटल संचालक राजु श्रेष्ठ सख्त घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।