२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

गुलरिया – आगलागीबाट बर्दियामा १४ वर्षीय बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनी निवासी १४ वर्षीय दिनेश चौधरीको आगलागीबाट मृत्यु भएको हो । बालक घरभित्रै सुतिरहेको अवस्थामा अचानक आगलागी भएपछि मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

सवा १० बजे राती जानकारी पाएको प्रहरी चौकी कर्तनियाबाट पुगेको उद्धार टोलीले राती पौने ११ बजे आगो नियन्त्रणमा लिएको हो । टिनले छाएको दुईकोठे कच्ची घरमा मैनबत्ती बालेर बालक घरमै बसेको र आमा छोरी ढोकामा चुक्कुल लगाएर छिमेकीको घर गएका बेला एक्कासी आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी शाहीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]