२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

सप्तरी – हलिउड स्टार एन्जेलिना जोली हालै यमनमा जारी गृहयुद्धको बीचमा मध्यपूर्वमा शरणार्थीहरूलाई सहयोग गर्न देशको भ्रमण गरेकी छिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तसँग करिब दुई दशक काम गरिसकेकी एन्जेलिना जोलीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई राजधानी अदन आइपुगेको जानकारी दिएकी हुन् ।

इन्स्टाग्राममा एन्जेलिनाले यमनको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै लेखिन्, “म विस्थापित परिवार र शरणार्थीहरूलाई भेट्न र यमनका मानिसहरूलाई मेरो समर्थन देखाउनको लागि UNHCR @refugees को लागि अदनमा अवतरण गरेकी छु ।”

उनले थप लेखेका छन्, “म यहाँ यमनमा शान्तिको खाँचोमा परेकाहरूलाई सहयोग गर्न आएकी छु।” एन्जेलिना जोलीले सो पोस्टमा यो संसारको सबैभन्दा खराब मानवीय संकट मध्ये एक भएको पनि बताएकी छन् । 2022 मा हरेक घण्टा एक जना नागरिक मारिने वा घाइते हुने र यमनीहरूलाई बाँच्नको लागि मानवीय सहायता आवश्यक रहेको जिकिर गरेकी छन् ।

यता युक्रेनमा रुसको सैन्य कारबाहीले विश्वलाई नै स्तब्ध बनाएको छ । युद्धका कारण युक्रेनका धेरै क्षेत्रमा त्रासको वातावरण छ । रुस र युक्रेनबीच सुरु भएको युद्धले अहिले खतरनाक मोड लिएको छ र यस्तो अवस्थामा युक्रेनी जनता आफ्नो घर छाड्न बाध्य भएका छन् । युक्रेनमा यो संकटको बीचमा, हलिउड सुपरस्टारहरू मद्दत गर्न अगाडि आएका छन्।

अभिनेत्री एन्जेलिना जोलीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा युद्ध पीडितलाई सहयोग गर्न अपिल गरेकी छन् । उनले रूसी आक्रमणको बीचमा पनि आफ्नो आवाज उठाउन् र विश्वभरका शरणार्थी संकटहरूको लागि जागरूकता प्रदान गर्न आफ्नो सोशल मिडिया प्रयोग गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]