२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

मोरंग -आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ ।

हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए ।

‘५ जिल्लामा पहिला चलाएको औषधिले पनि रोग निवारण नभएको देखियो,’ डा. दासले के छ खबरसँग भने,’ अहिले अर्को थप औषधि दिने लागेका हौं ।’ उनका अनुसार यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो ।

डा. दासका अनुसार ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।महाशाखाका अनुसार तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । । ‘यी जिल्लामा यसभन्दा अगाडि डाइथाइलकार्बामाजिन प्रयोग गरिएको थियो । तर, रोग निवारण हुन सकेन त्यसकारण हामीले यसपटक आइभरमेक्टिन औषधि थप गरिएका छौं,’ डा. दासले भने ।

यस्तैगरी, दुई प्रकारका औषधि प्रयोग गरिने झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा डाइथाइलकार्बामाजिन १०० एमजी औषधि दिइने छ ।१० जिल्लामा करिब ६२ लाख ६३ हजार मानिसलाई औषधि दिइने छ । औषधि सेवन कार्यक्रममा ४ हजार ७ सय र ८ हजार ८०० महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]