२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २३, २०७८

सप्तरी – ललितपुरमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार कोन्जेसोम गाउँपालिका– ४ नल्लुकीमा एकै घरमा चारजना मृत फेला परेका छन् भने एक शिशुको उपचारको क्रममा मृत्यु भएको छ। चारजनाको घटनास्थलमा नै र एक शिशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइँली स्याङ्ताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङ्ताङ, नाै वर्षीय नाति आशिष स्याङ्ताङ र पाँच वर्षीया नातिनी आश्मा स्याङ्ताङ रहेका छन्। दुईदिने शिशुको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष तीर्थ घलानले काइँली स्याङ्तानको घरमा केही व्यक्ति मृत र केही घाइते भेटिएको प्रहरीलाई जानकारी दिएका थिए। घटनाको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थलमा छोरा २३ वर्षीय सुवास स्याङ्ताङ र दुईदिने नाति अचेत अवस्थामा फेला परेका थिए। घटनास्थलमा आगो बालेको कोइला र केही बान्ता भएको पनि देखिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]