२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २३, २०७८

सप्तरी – कञ्चनपुर स्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबिच ऋण सम्झौता भएको छ ।

शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि रु। ५ करोड ३२ लाख १२ हजार ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको हो ।

एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत सो आयोजनाका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष देवेन्द्रराज ढुङ्गाना बीच आइतबार ऋण सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको समेत उपस्थिती रहेको थियो ।

२१ करोड २८ लाख ४८ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १४ करोड ८९ लाख ९३ हजार र नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ५ करोड ३२ लाख १२ हजार लगानी हुने छ । साथै उपभोक्ताको तर्फबाट ५ प्रतिशत अर्थात १ करोड ६ लाख ४२ हजार व्यहोरिनेछ ।

भिमदत्त नगरपालिकाको वडा नं। ६ र ७ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २ हजार ८ सय ५८ घरधुरीका १६ हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष ढुंगानाबाट वर्षौदेखि शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि आयोजना महत्वपूर्ण हुने भन्दै गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्नेतर्फ प्रतिवद्धता व्यक्त गरे ।

सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका भिमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसँग समेत जोडिएको बताए । उनले आयोजनालाई सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले राम्रा पूर्वाधारयुक्त शहरहरुमा जनसंख्याको चाप बढ्दै गइरहेकाले खानेपानीका ठूला आयोजनाले शहरीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने र स्रोत विस्तारतर्फ समेत ध्यान केन्द्रित गर्नु पर्ने कार्यकारी निर्देशक सापकोटाले बताए ।

उनले भिमदत्त नगरपालिका र कोषको सहकार्य लामो समयदेखि हुँदै आएको भन्दै नगरपालिकासंग सार्वजनिक नीजि अवधारणामा भिमदत्त कंचन मल (व्यावसायिक भवन) आयोजना अगाडि बढिरहेकोमा समेत खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]