२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

सप्तरी – सप्तरीको मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले भोलि (सोमवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मधेश आन्दोलनका क्रममा ०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका–९)मा ज्यान गुमाएका पाँच जना सहिदहरुको सम्झना एवम् सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरिएको नगरप्रमुख शम्भु प्रसाद यादवले के छ खबरलाई जानकारी दिए ।

नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि झडप भएको थियो ।

झडपका क्रममै प्रहरीले चलाएको गोली लागेर मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।

सो घटनाका क्रममा ज्यान गुमाएका पाँचै जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]