२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

सप्तरी – तराई मधेसमा जन्मेर रेडियो पत्रकारिता रुचिकर भएकी अर्चना परियार प्रेस चौतारी नेपाल,मधेस प्रदेशको उपाध्यक्ष पदमा निर्वाचित भइन।सप्तरीमा जन्मेकी २१ वर्षिया परियार महिला तर्फबाट उपाध्यक्ष पदको जिम्मेवारी पाएकी हुन।

नेकपा (एमाले)आबद्ध जनसंगठनको रुपमा रहेको चौतारीले प्रथम मधेस प्रदेश कमिटीको अधिवेशन सम्पन्न गरेको छ।हिजो शनिबार रौतहटको चन्द्रपुर स्थित होटेल आरौहीमा अधिवेशन सम्पन्न गरेको हो।सो अधिवेशनबाट फनि महतको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छ्न।कार्यसमितिको महिला उपाध्यक्षमा सप्तरीकी अर्चना परियार निर्वाचित भईन।

सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ४ बलारदह गाउँ बस्ने परियार ५ वर्ष देखि रेडियो पत्रकारितामा लागेकी छिन।उनी एसएलसी पास गरेपछि रेडियोमा बोल्न शुरु गरेकी हुन। सप्तरी स्थित रेडियो जय मधेसमा बोल्न शुरु गरेकी उनी रौतहटको मौलापुर एफ एम रेडियोमा अहिले समाचार वाचन गरिरहेकी छिन।परियार मधेसमा अब्बल महिलाको रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील छिन।

बि.स.२०७२ सालमा एसएलसी पास गरेपछि उनी रेडियो तिर लाग्नुपर्ने कोशिश गरिन।सपना देख्नेहरु नै सपनालाई साकार गर्दा रहेछन् ।परियारले बोकेकी अटल सपना साकार पार्न त्यहीँ वर्ष जय मधेसमा काम शुरु गरेकी हुन। तर घरमा हुँदा उनी ९ वर्षकै उमेरमा टेलरिङ्ग सिक्न थालिन् ।टेलरिङ्गबाट आएको पैसाले उनी रेडियो सम्म पुग्ने भाडा तिर्नुपरेको थियो ।

जम्मा १८ सय रुपैया पारिश्रमिक पाएकी उनी शुरुमा टेलरिङ्गबाट आएको पैसा प्रयोग गर्थिन ।सानै देखी रेडियोमा बोल्ने सपना बोकेकी उनी दुख र अभाव भएर पनि रेडियो बोल्न शुरु गरिन ।

मधेस भित्र छोरी प्रति रहेको विभेदको अहिले नि चर्चा चलिरहेकै हुन्छ।समाज अगाडि बढाउन छोरी अगाडि बढ्नुपर्ने तर्कहरु सतहमै हुन्छ ।तेस्रो सन्तानको रुपमा जन्मेकी उनी हजारौं चौनितीका बाबजुद रेडियोमा बोलेर आमालाई धेरै पैसा कमाउने सपना देखाउन थालेकी थिइन ।

परियार आफ्नो समुदायको उत्थानमा समेत सक्रिय छिन। समुदायमाथी आएको उत्पीडन,अन्यायमा परेको प्रति उनी निडर भएर काममा गर्ने गरेको बताउछिन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]