
काठमाडौं – धरानमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। नेपाल प्रहरीको विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सञ्चारकर्मी समेत रहेकी सुनिता विभिन्न सङ्घसंस्थामा आवद्ध थिइन्।
धरान–१५ पुष्पलाल मार्गकी सुनिता घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।