जनकपुरधाम – सर्लाहीमा बेवारिसे शव फेला परेको छ। आइतबार मध्याह्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर पुलनजिक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
राजमार्ग छेउमा फेला परेको शवको सनाखत हुन सकेको छैन । मृतक पहाडी मूलको रहेको र पहिचान खुलाउने प्रयास भइरहेको जनाइएको छ।
मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको सर्लाही प्रहरीले जनाएको छ।