२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

दाङ – २ लाख २१ हजार रुपैयाँ नगदसहित दाङ प्रहरीले ११ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका– १५ स्वस्थानी टोल स्थित न्यू सुप्रिया होटल एण्ड लजबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।

केही व्यक्ति उक्त होटलमा अबैध रुपमा जुवा खेलिरहेका छन् भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँचीको सन्धिखर्क– ८ बस्ने ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पाको रुन्टीगढी गाउँपालिका– ७ बस्ने ३४ वर्षीय सरोज पुन, सोही ठाउँका ३६ वर्षीय घनश्याम वली, दाङको घोराही उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय कृष्ण बहादुर रावत र घोराही–१३ बस्ने ३९ वर्षीय मन बहादुर खड्का छन्।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१६ का ३५ वर्षीय रमेश बहादुर कुँवर, घोराही–१३ बस्ने ४५ वर्षीय खेमराज गिरी, घोराही–४ का ४२ वर्षीय काशिराम भट्टराई, घोराही–१५ का ५५ वर्षीय भुम बहादुर केसी, दाङको बबइ गाउँपालिका–६ का ३० वर्षीय युवराज केसी र प्यूठानको प्यूठान नगरपालिका–५ बस्ने २८ वर्षीय जीवन नेपालीलाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख २१ हजार ३०५ रुपैयाँ, जुवा खेल्न प्रयोग भएको ७ गड्डी तास लगायत बरामद गरिएको जानकारी दिएको छ।

पक्राउ परेका ११ जना विरुद्ध थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]