२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

सप्तरी – भारतसँग नेपालको सिमाना खुला छ। नाकाहरू छन्, त्यहाँबाट धेरै थोक आयात गर्छाैं। कति त अवैध सरसामान पनि भित्रन्छन् नाकाबाटै। नाकामा त्यस्तो कडाइ छैन। दैनन्दिन आवश्यक वस्तु नै भारतीय सीमा बजारमा निर्भर हुने नेपालीको संख्या ठूलो छ। तसर्थ, भारत आउजाउका गौंडाहरू अन्तर्राष्ट्रिय सीमापार नाकाजस्ता छैनन्। त्यसमाथि खुला सीमा। तिनै खुला सीमाको फाइदा अवैध धन्दावालहरूले उठाउँछन् र भित्यार्उँछन् लागूऔषध। अवैध रूपमा आयात हुने वस्तुमध्ये सबैभन्दा ठूलो मात्रा यसकै हुनुपर्छ। पछिल्लो साता सीमा जिल्लाहरूमा पक्राऊ परेका लागूऔषध प्रयोगकर्ता र कारोबारीको उदाहरणले खुला सिमानाबाट भइरहेको अवैध वस्तुको आयातलाई छर्लंग पार्छ। पछिल्लो सातालाई नमुना मानेर हेर्दा कुनै त्यस्तो दिन भेटिएन, सीमा जिल्लामध्ये कुनै न कुनैमा लागूऔषधसहित कोही न कोही पक्राउ नपरेको होस्। प्रहरी अधिकारीहरूकै भनाइमा सीमावर्ती जिल्ला लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) को ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। सीमावर्ती भारतीय बजारमा ब्राउन सुगर सजिलै पाइन्छ अनि सजिलै नेपाल भित्र्याइन्छ पनि। नेपालका काठमाडौं, पोखरा, धरान, नारायणगढ, दाङजस्ता पहाडी र भित्री मधेसका सहरसम्म पनि पुर्याइन्छ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षणको पछिल्लो रिपोर्टलाई उद्धृत गर्दै गृह मन्त्रालयको तथ्यांकले भन्छ— मुलुकमा १ लाख ३० हजार ४ सय २४ लागूऔषध प्रयोगकर्ता छन्। १० वर्षअघिको दाँजोमा ५.६ प्रतिशतले बढेर त्यति पुगेका हुन्। डरलाग्दो कुरा के भने लागूऔषध प्रयोगकर्ता भनेर पक्राऊ परेकामध्ये ८० प्रतिशत १६ वर्षदेखि २४ वर्ष उमेरको हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ। स्कुल र कलेजका विद्यार्थी दुई लाख ५० हजारको हाराहारीमा लागूऔषध प्रयोगकर्ता रहेको भन्ने लागूऔषध नियन्त्रणमा खटिएका अभियन्ताहरूको दाबी छ। चुरो कुरो के भने भविष्यको कर्णधार मानिएको उमेर समूहको ठूलो संख्या लागूऔषधको दलदलमा फसेको छ। मतलब मुलुकको भविष्य दुव्र्यसनीको दुष्चक्रमा छ। तसर्थ यो देशकै लागि निकै संवेदनशील र गम्भीर मुद्दा हो। दुव्र्यसनी हुनु स्वयं व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रका लागि निकै घातक कुरा हो। लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ अर्थात् लागूऔषधको यो डढेलोलाई बेलैमा छेकबार नलगाउने र ननिभाउने हो भने समाजले हैरानी व्यहोर्नु पर्ने हुनसक्छ।

विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेको छ। सामान्यतः शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थ नै लागूऔषध हो। यसको सेवन गरेर मानिस कुलतमा फँसेपछि समाज र राष्ट्रलाई नै विकृत तुल्याउँछ। सानै उमेरदेखि लागूऔषधको कुलतमा लाग्नुमा अभिभावकको पनि दोष छ। आफ्ना नानीहरूलाई कुशल र असल अभिभावकत्व दिन नसक्दा उनीहरू कुबाटोमा परेका हुन्छन्। दुव्र्यसनले आफ्नै मानसिक र शारीरिक स्वास्थ्य बिगार्ने मात्रै होइन, हत्याहिंसा उन्मुख गराउँछ। यही शिवरात्रिमा काठमाडौं र पोखरामा भएका दुई छुट्टाछुट्टै हत्याकाण्ड पछाडिको कारण लागूऔषध थियो। अरू थुप्रै हिंसाका बग्रेल्ती उदाहरण छन्, जसको कारण लागूऔषध हो। किशोरकिशोरी दुव्र्यसनमा फस्नुमा कमजोरी अभिभावकको मात्रै हुँदैन, त्यो एउटा कमजोरी हो।

खासमा त राज्य निर्ममतापूर्वक यसको नियन्त्रणमा लाग्नुपर्छ। किनभने लागूऔषधको जालो यति घना छ कि सानोतिनो चोटले यो चुँडिन्न। भनिन्छ, संसारका थुप्रै राज्यको ढुकुटीभन्दा लागूऔषधका माफिया एक्लैको धन धेरै हुन्छ। यो विषय यति गम्भीर हुँदैनथ्यो भने संयुक्त राष्ट्र संघले नै चिन्ता गर्दैनथ्यो। लागूऔषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय कानुन बनाएर त्यसमा विभिन्न राष्ट्रलाई हस्ताक्षर गर्न लगाउँदैनथ्यो। नेपालले पनि लागूऔषध नियन्त्रणको कानुन बनाएको छ। नेपाल प्रहरीअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरोहरू छन्। ती सत्प्रयास पर्याप्त भएका छैनन् र त दुव्र्यसनीको संख्या बढिरहेको छ। तसर्थ, भविष्यका कर्णधारहरूको जीवनको धार सत्मार्गतिर सोझ्याउन राज्यले नै सही शिक्षादीक्षाको नीति बनाउने, लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने गर्नुपर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]