२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

वीरेन्द्रनगर – प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन उठेको हो ।

परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । शव अहिले सुर्खेत अस्पतालमा छ ।

सुर्खेतको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नीलडाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

अहिले मृतकका आफन्त र स्थानीयले अस्पताल नजिक जम्मा भएर आन्दोलनका गरिरहेका छन् । उनीहरूले शनिबार दिउँसो करिब १ बजेदेखि वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका हुन् ।

आन्दोलन हिंसात्मक बन्ने खतराले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]